खुटीखोला सिचाई संघर्ष समिती सिरहाद्धारा बुझाए ज्ञापन पत्र

असोज २

खुटीखोला सिचाई संघर्ष समिती सिरहाद्धारा जिल्ला सिचाई कार्यलय सिरहालाई बुधवार ज्ञापन पत्र बुझाएको छ । लहान नगरपालिकाको वडा नं. १,२,३,११,१२,१९,२०,२१,२२ र २३ साथै सखुवानन्कारकटी र लक्ष्मीपुर पत्तारी गाउँपालिका स्थानीय किसानहरुको ९ सय ३५ बिग्हा जग्गा सिंचित हुने खेतमा नहरको उकास गरी अविलम्ब प्रक्रिया संचालन गर्न संघर्ष समितीले ज्ञापन पत्र मार्फत माग गरेको छ । यथासिघ्र ७ दिन भित्र माग सम्बोधन नभए शसत्त रुपमा चरमबद्ध आन्दोलनमा गर्न बाध्य हुने ज्ञापन पत्र मार्फत जानकारी गराएको छ । सिचाईको स्वामित्वमा रहेको जग्गा स्थानिय सरकारले मनोमानी रुपमा नहरमा ढल बनाउँन ठेक्का लगाएको कदापि सह्य नहुने खुटीखोला सिचाई संघर्ष समिती सिरहाका संयोजक धर्मराज चौधरीले जानकारी दिनुभयो ।

लहान नगरपालिका वडा नं. १०मा रहेको खुटी खोला सिचाई परियोजना ८ करोड ७४ लाखको लगानीमा ३ वर्ष पहिले नै निर्माण भएतापनि हेडवर्कबाट पानी संचालनमा नआउँदा वर्षेनी खडेरीको चपेटा झेली रहेका यस भेगका किसानहरु आक्रोषित भएको छ । वि.स.२०२२ सालमा नै बनेको नहर संचालन नहुनु यस भेगको लागि दुर्भाग्य रहेको जानकारहरु बताउँछन् ।

ज्ञापन पत्र नेपाल सरकार सिचाई तथा जलस्रोत मन्त्रालय सिंहदरवार काठमाण्डौं , नेपाल सरकार सिचाई विभाग काठमाण्डौं, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलय जनकपुरधाम, मधेश प्रदेश सिचाई मन्त्रालय जनकपुरधाम, मधेश प्रदेश सिचाई विभाग जनकपुरधाम र जिल्ला प्रशासन कार्यलय सिरहामा बुझाएको खुटीखोला सिचाई संघर्ष समिती सिरहाका संयोजक चौधरीले जानकारी दिनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top