जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा. शैल रुपाखेतीद्वारा संसदीय सुनुवाई समितिमा कार्ययोजना पेश

२०८१ भदौ १६, आइतबार: जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा. शैल रुपाखेतीले आइतबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना पेश गर्नुभएको छ। आफ्नो कार्यकालमा नेपालको राष्ट्रिय हित, स्वाधिनता, र मर्यादालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारी बहन गर्ने प्रण गर्नुभयो।

उहाँले नेपाल र जर्मनीबीचको सम्बन्ध विस्तार, आर्थिक कूटनीति, निर्यात र लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, वैदेशिक सहायता, वैदेशिक रोजगारी, सार्वजनिक कूटनीति, जनस्तरको सम्बन्ध, र नेपाली डायस्पोरा सम्बन्धी विषयमा विस्तृत जानकारी दिनुभयो।

डा. रुपाखेतीले नेपालको संविधान, प्रचलित कानुन, र नेपाल सरकारका नीति निर्देशनहरूप्रति प्रतिबद्धता जनाउँदै, नेपाल र जर्मनीबीचको द्धिपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, अन्य युरोपेली देशहरू जस्तै पोल्याण्ड, हंगेरी, होली सी, चेक रिपब्लिक, स्लोभाकिया, सर्बिया, रोमानिया, बल्गेरिया, र युक्रेनसँग पनि सम्बन्ध विस्तार र सुदृढीकरण गर्ने योजना प्रस्तुत गर्नुभयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top