स्वास्थ्य मन्त्री पौडेल इन्डोनेसियामा दुई बैठकमा सहभागी हुने

काठमाडौं, १७ भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आगामी असोज दोस्रो साता इन्डोनेसियाको जकार्ता जाने भएका छन्। गत १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री पौडेलको जकार्ता भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रीको इन्डोनेसिया भ्रमण स्वीकृत गरिएको जानकारी दिए।

मन्त्री गुरुङका अनुसार मन्त्री पौडेल ८ देखि १० असोजसम्म जकार्तामा हुने दुईवटा उच्चस्तरीय बैठकमा सहभागी हुनेछन्।

“जकार्तामा दुईवटा उच्चस्तरीय बैठक हुँदैछन्। ८ र ९ असोजमा १२औं हाई लेभल अफिसियल मिटिङ र १० असोजमा ५औं मिनिस्टेरियल मिटिङ हुनेछ। मन्त्री पौडेल नेपाल सरकारको तर्फबाट यी दुवै बैठकमा सहभागिता जनाउनु हुनेछ,” मन्त्री गुरुङले भने।

स्वास्थ्य मन्त्रीमा नियुक्त भएका पौडेलको यो जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमण हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top