सिंचाई नहर मासेर ढल निर्माण ,जलस्रोत तथा सिंचाई विकास डिभिजनले लगाए रोक

कात्तिक ७ गते


सिरहाको लहान नगरपालिकाले सिचाई नहर मासेर ढलमा निर्माण सुरु गरेको छ । वि.स.२०२२ मानै किसानको खेत सिन्चित गर्न बनको नहर लहान नगरपालिकाले ढल निर्माण गर्न सुल्भ गुल्दा पि.पि.जे.भी. निर्माण कम्पनी सँग २ वर्षमा निर्माण सम्पन्न गर्न रु. ८ करोड ४८ लाख ५५ हजार ५ सय १७ मा सम्झौता गरी निर्माण काम सुरु गरेको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजनको स्वामित्वमा रहेको नहर किसानको खेतमा पानी पुर्याउन बनेको खुट्टी खोला संघर्ष समिती सिरहाका संयोजक धर्मराज चौधरी बताउनु भयो । संयोजक चौधरी भन्नु भयो ; “खुट्टीखोलाको पानी नहर हुदै किसानको खेत सम्म पुर्याउँन ३ वर्ष पहिला नै लहान नगरपालिका वडा नं.१० मा रहेको खुट्टी खोलामा रु. ८ करोड ७४ लाख लागतमा हेडवर्क निर्माण सम्पन्न भएको छ । तैपनि लहान नगरपालिकाले सिंचाईका लागि लहान नगरपालिकाको वडा नं. १,२,३,४,११,१२,१९,२०,२१,२२ र २३ साथै सखुवानन्काकट्टी र लक्ष्मीपुर पत्तारी गाउँपालिकाका स्थानिय किसानहरुको ९ सय ३५ बिगहा जग्गा हुँदै गएको नहर उकास नगरी नहर ढलमा परिणत गर्नु किसान प्रति लहान नगरपालिकाका मेयर महेश चौधरी चिन्तित नहुनु यसले प्रष्ट पारेको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजनले निर्माण हुदै गरेको संरचना तत्काल बन्द गर्न लहान नगरपालिकालाई मंगलबार परिपत्र गरेको छ । खुट्टी खोला सिंचाई योजनाको हेडवर्क निर्माण भईसकेकोले योजनाको नहरबाट पानी संचालन गरी कृषियोग्य जग्गामा सिंचाई सुविधा पुर्याउनु पर्ने आवश्यकता देखिएको जलस्रोत तथा सिंचाई विकास डिभिजनका डिभिजन प्रमुख हसमत अन्सारीले पत्र मार्फत जानकारी गराएको छ ।

त्यसो त वर्षेणी पानी पर्दा लहानको कतिपय वडा डुबानको जोखिम खेप्दै आएको छ, अझ नहर ढलमा परिणत हुदाँ अरु पनि वडा जोखिमा पर्न सक्ने भन्न सकिन्न ।
कृषि प्रधान देशमा किसानको कृषि नहर मास्नु दुःखको कुरा भएको यस भेगका किसानहरु बताउँछन् । किसानको मागलाई राजनितिकरण गरेर उल्टो किसान मार्कामा परेको स्थानिय किसान राजेन्द्र प्रसाद साहले दुःख पोख्नु भयो ।
यस भेगका किसानहरु वर्ष पिच्छे खडेरीको मार खेप्दै आईरहेको छ । नहर संचालन हुदाँ किसानहरुलाई धेरै राहत महशुस हुन्छ, त्यसैले नहर अविलम्ब संचालनमा ल्याउँन सहयोग गर्न लहान नगरपालिकालाई खुट्टीखोला संर्घष समिती लहान सिरहाले पटक पटक जानकारी दिदै आएको संघर्ष समितीका सदस्य अजय चौधरीले बताउँनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top