
भदौ २५
थारु कल्याणकारिणी सभाको दोस्रो औं बोदे बर्साईन नगर सभा अधिवेशनबाट अध्यक्षमा चन्द्र कान्त चौधरी निर्वाचित भएको छ ।
सप्तरीको बोदे बर्साईन नगरपालिकामा चन्द्र कान्त चौधरीको अध्यक्षतामा २३ सदस्यीय थारु कल्याणकारिणी नगर समिति सोमबार गठन गरेको हो ।
थारु कल्याणकरिणी सभाका पुर्व बोदे बर्साईन नगर सभापति राम प्रसाद चौधरीको अध्यक्षता तथा खडक नगरपालिकाकी नगर उप प्रमुख रिता कुमारी चौधरीको प्रमुख अतिथ्यता र थारु कल्याणकरिणी सभाका केन्द्रिय पार्सद तुलसी थारु , आदिवासी जनजाती महासंघ सप्तरीको पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी , थारु कल्याणकरिणी पुर्व उपसभापति भुपेन्द्र कुमार चौधरी , थारू कल्याणकरिणी सभाका जिल्ला सल्लाहकार सदस्य निरजन चौधरीको विशिष्ट अतिथ्यतामा तथा थारु कल्याणकरिणी सभाका जिल्ला सचिव पुर्षोतम चौधरीको अतिथिमा कार्यक्रम भएको थियो ।
बोदे बर्साईन नगर समितिको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परे पनि सर्वसहमतीमा नयाँ कार्य समिति चयन गरेको थारु कल्याणकारिणी सभाका बोदे बर्साईन नगरका पुर्व अध्यक्ष राम प्रसाद चौधरीले जानकारी गराउनुभयो ।