असोज १ गते
लहान नगरपालिका वडा नं.१० ले मंगलवार देखि शसस्त्र क्याम्प नजिकै आफ्नै नव भवनबाट वडाको सेवा संचालन गरेको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले नव निर्मित भवनको औपचारिक रुपमा उदधाटन गरेको गर्नु भएको छ । लहान वडा नं. १० अरु वडाहरु भन्दा हरेक सेवा सुविधाको पयक पर्ने वडा रहेको वडा अध्यक्ष मन्टि कुमार मण्डलले बताउनु भयो । वडामा नगर अस्पताल पनि चाडै संचालनमा आउँने जानकारी दिनुभयो ।