मंसिर २२ गते
लहान बजारमे बोलको गितको भिडियो आजबाट प्रदर्शनमा आएको छ । जितियाको गित चल गै दैयाको अपार सफलता पछि बि.एम.म्यूजिक प्रोडक्सन काठमाण्डौले लहान बजारमे बोलको गित आजबाट युट्यूबमा प्रदर्शनमा ल्याएको छ । गायक मनिष चौधरी र गायिका जलजला परियारको स्वरमा सजिएको गितको रचना लेखक तथा साहित्यकार ई.उदय नारायण चौधरीले गर्नु भएको छ ।
राष्ट्रिय थारु कलाकार मञ्च सिरहाको सहयोगमा निर्माण भएको भिडियोको निर्देशन बि.एम.म्यूजिक प्रोडक्सन संचालक विजय चौधरी गर्नु भएको छ । राष्ट्रिय थारु कलाकार मञ्च सिरहाको सचिब नितेश चौधरी र कोषाअध्यक्ष सुस्मिता चौधरीको प्रमुख भुमिका रहेको भिडियोको छायांकन शिव चौधरी गर्नु भएको छ ।
आजबाट युट्यूबमा प्रदर्शनमा रहेको थारु गितलाई तपाई दर्शकहरुले माया गरी दिए आगामी दिनमा पनि तपाईको माँझ यस्ता अरुपनि गित हामी ल्याउँने छौ भन्ने राष्ट्रिय थारु कलाकार मञ्च सिरहाका अध्यक्ष अम्रित लाल चौधरी जानकारी दिनुभयो ।