मेडिकल व्यवसायी दुर्गा प्रसाई साइबर अपराधमा पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतवार साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका स्थित निवासबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार, प्रसाईंलाई पक्राउ गर्न प्रहरीले घरको गेट नखुल्दा कम्पाउन्ड नाघेर भित्र प्रवेश गर्नुपरेको थियो।

साइबर अपराधसम्बन्धी मुद्दामा प्रसाईंविरुद्ध उजुरी परेको थियो, जसको आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। यो मुद्दामा युट्युबरहरू जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल पनि समावेश छन्, र उनीहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। प्रसाईंलाई अनुसन्धानका लागि साइबर ब्युरोमा लगिएको छ​ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top