तस्बिर : एन्फा
ङ्गलादेशले नेपाललाई हराउँदै २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्यो। खेलको पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा थप तीन गोल गर्दै जित सुनिश्चित गरेको हो।
बङ्गलादेशका लागि पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले पहिलो गोल गरे। त्यसपछि, ५४औं मिनेटमा गोयरी, ७०औं मिनेटमा राबी, र इन्ज्युरी समयमा पिआसले गोल गरे। नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काए।
यो जितसँगै बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जित्न सफल भएको हो। यसअघि तीन पटकसम्म फाइनलमा पुगे पनि बङ्गलादेशले उपाधि जित्न सकेको थिएन। नेपालले भने सन् २०१५ र २०१७ मा उपाधि जितिसकेको थियो।
यसअघि, पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।