पौराणिक गाँथा बोकेको समाचकेवा पर्व

लेखक भुलाई चौधरी, रायपुर, सप्तरी,
मंसिर २८ गते
प्राचीनकालमा अर्थात् आजभन्दा लगभग २००० वर्ष पहिले गर्भदेश ९आजको इलाहाबाद क्षेत्र०मा किसन भुषन सेन नामको एउटा महाप्रतापी तथा महाधर्मात्मा राजा हुनुहुन्थ्यो । उहाँकी रानी अर्थात् धर्मपत्नीको नाउँ आदमबती थियो । राजा रानी धेरै हँसी(खुशीपूर्वक धेरै समयसम्म राज्य गरे । जन्ताहरू पनि धेरै हँसी(खुशी थिए । राजारानीलाई समा नाउँ गरेकी एउटी राजकुमारी र साम्ब नाउँ गरेको एउटा राजकुमार थियो । राजकुमारी समा र भाई साम्ब पनि बुबा(आमा जस्तै धार्मात्मा र आज्ञाकारी थिए । उनीहरु संधै संगै पढन स्कुल जाने गर्दथे र स्कुलबाट घर आउँने गर्दथे। राजकुमारी भाई साम्बलाई खूब माया गर्ने गर्दथिइन भने साम्ब पनि आफ्नी दिदीलाई त्यतिकै माया गर्दथे ।
राजकुमारी समाको थारू संस्कार अनुसार बालकालमै अर्थात् बारह वर्षकै उमेरमा मगधका मौर्य बंशीय सातम पुस्ताको शालिसुक राजाको प्रथम पु्त्र राजकुमार चक्रवाकसंग बिहे भएको थियो । तर राजकुमारी समा थारूको संस्कार अनुसार बिहे भईसके परान्त पनि माईतीमै बसेर, पढने, लेखने, व्यवहार सिक्ने र हुँर्कदै थिइन । यसरी राजकुमारी समा बिस्तारै(बिस्तारै हुँर्कदै दिन(दिनै सुन्दरी हुँदै आई । राज कुमारी समाको सुन्दरतादेखि दरबारका एक जना चुरठ नाम गरेको दरवारिया मोहित भएर राजकुमारी समासंग एक दिन मौका छोपेर प्रेम प्रस्ताव गरे । तर समा विवाहित भएकोले चुरठको सो प्रेम प्रस्ताव अस्वीकार गरिन । पछि प्रेम प्रस्ताव समाले अस्वीकार गरेपछि चुरठ खूब डरायो कि समाले यो कुरो राजासम्म पुर्यायो भने राजाले मलाई कडाभन्दा कडा दन्ड दिन बेर छैन र सो दन्डबाट डराएर दन्डबाट बाच्न बाँच्ने उपाई स्वरूप समा राजासम्म पुग्नु अगाबै चुरठ राजा निर गएर राजासंग बिन्ती गरे कि सरकार मैले जी(जानको बकस पाउँ भने एउटा समाचार सुनाउन चाहन्छु । राजाले भने ल हुन्छ अनि चुरठले भने सरकार मलाई राजकुमारी समाको चरित्र ठिक लाग्दैन ।
राजकुमारी समाको बारेमा यो कुरो सुनेपछि राजा रिसले आगो हुनु भयो तर के गर्ने अगाडिनै केही न गर्ने भने चुरठलाई वचन दिई सक्नु भएको थियो । अन्तमा राजा रिस पचाएर सबै कुरो राम्ररी विचार गरेर समालाई सिपाही लगाएर बृन्दाबन कुन्ज बोनमा बनबास स्वरुप एकलै छोडेर आउन आदेस दिनु भयो र सिपाहीहरु त्यसरी नै राजाको आदेस पालन गरेर राजधानी फर्के । त्यसपछि देशमा हाहाकार मचियो । रानी आदमबती, राजकुमार साम्ब र समाका श्रीमानले यो घटना बारे थाहा पाए । राजपरिवारमा रुवाबासी चल्यो । रानी आदमबती रुदै राजा किसनभूसन सेनसंग वार्ता गर्न लागिन भने राजकुमार साम्ब आफ्ना सैनिक सहित र त्यहाँका जनताहरु सबै राजकुमारीलाई खोजी गरेर घर फर्काउन बृन्दाबनतिर लागे । सबैले बनमा राजकुमारी समा कहाँ पुगी जति अनुनय विनय र रोदन गर्दा पनि समा बुबाको आज्ञा अवहेलना गरेर घर फर्कन मानिन ।
समाको बनबासको कुरो थाहा पाएपछि समाका श्रीमान राजकुमार चक्रवाक पनि आफ्ना दलबल सहित राजकुमारीलाई बनबाट आफ्नो घर मगध ल्याउन बनमा समा कहाँ पुग्यो र सबै कुरो समालाई सम्झाए तर केही शिप लागेन । उल्टै राजकुमारी समाले सबैजनालाई आ(आफ्नो घर फर्की बुबालाई कुनै दोष न लगाई आ(आफ्नो कर्तव्य गर्न अनुरोध गर्दै भाई साम्ब र श्रीमान चक्रवाकलाई तपाईहरु पनि घर फर्केर आफ्नो राजपाट संचालन गर्नुस् भने अनुरोध गरिन । यस जनममा म तपाईहरुलाई साथ दिन सकिन तर अर्को जनममा एउटै कोखबाट फेरि जनम लिएर साथ र सहयोग गर्नेछुको वचन दिएर तपस्यामा लीन भईन । सबै जना त्यसपछि घर फर्केर आ(आफ्नो काममा लागे ।
थारु समाजमा जन विश्वास छ कि अर्को जनममा समा समाचकेवा पंक्षीको रुपमा जनम लिएर भाई साम्ब र श्रीमान चक्रवाकलाई साथ र सहयोग दिन सफल भएको बुझिन्छ र यसैको यादमा थारु समाजमा महिलाहरु हरेक वर्ष कार्तिक महिना शुक्लपक्ष दुतिया तिथिदेखि घर(घर माटोको समाचकेवा पंक्षी निर्वाण गरी बेलुकी पूर्णेसम्म समा, साम्ब र चकवाकको यादमा यो उत्सव गीत गाई(गाई दाजुभाईलाई हरेक राती आसिक दीई समा पर्व मनाउने गर्दछिन भने यो महिनामा नदीनाला जलकर ठाँउहरुमा समचकेवा पंक्षी पनि देखिने गरिन्छ ।
समा चकेवा पर्व दीदी(बहिनी र दाज्यु(भाई बीचको अमर प्रेमको प्रतिकको रुमा थारू समुदायमा लिने गरिन्छ । यो पर्व थारू समुदायको महान सांस्कृतिक उत्सव पर्व हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top