पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री ओलीको ‘ग्रीन सिग्नल’

नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कदम चालेको छ। स्वास्थ्य क्षेत्रका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन र विश्वभरका नेपाली स्वास्थ्य विशेषज्ञहरूको सहभागितामा “नेपाल हेल्थ समिट” आयोजना गर्ने निर्णय गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यो निर्णय गरेका हुन्। उनले गत साउन २७ गते सार्वजनिक गरेका योजना र प्राथमिकतामा विदेशमा विशेषज्ञता हासिल गरिरहेका नेपाली स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग जोड्न आवश्यक प्रबन्ध गर्ने कुरा उल्लेख थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, समिटको उद्देश्य विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व, तथा नर्सहरूको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनु हो।

“समिटमा सहभागी हुने नेपाली विशेषज्ञहरूबाट प्राप्त सुझावका आधारमा, स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,” प्रवक्ता बुढाथोकीले बताए।

यसका लागि, मन्त्रालयले डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला, धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य, डा. रुना झा, प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुगाना, र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि सदस्यका रूपमा छन्।

मन्त्री पौडेलको सचिवालयले जानकारी दिए अनुसार, कार्यदलको सुझावका आधारमा सम्मेलनको मिति र आवश्यक कार्यढाँचा तय गरिनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top