
असोज १७
नेपालीहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई १५ दिनसम्म मनाइने यो पर्व, दुर्गा देवीको पूजा आराधना र विजयादशमीको टीका जमरासम्मको विशेष अवसर हो। आजका दिन विधिपूर्वक घरघरमा दियो, कलश र दुर्गा देवीको आह्वान गरी पूजाको थालनी गरिन्छ, जसलाई घटस्थापना भनिन्छ।
आज बिहानै माटो र जौ राखेर जमरा उमारिन्छ, जुन विजयादशमीको दिन देवीको प्रसादसँगै ग्रहण गरिन्छ। घटस्थापनाको साइत ९ः१६ बजे रहेको थियो। नवरात्रभर महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा गरी धार्मिक अनुष्ठान गरिन्छ।
विजयादशमीको साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ, जस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।