थारु महिलाहरुको महान पर्व जितिया आज हर्सोल्लासका साथ मनाईदै

असोज ९ गते
थारु महिलाहरुको महान पर्व जितिया आज हर्सोल्लासका साथ मनाईदै छ । पौराणिक गाथा बोकेको जिजिया पर्वमा मंगलवार नुहाई खाई गरि आज विहान ओठधन खाई दिन भरी निराहर ब्रत बसी मनाउने गरिन्छ । ओठधनमा दही, चिउरा, माछा , भात ,तरुवा लगायत विभिन्न परिकार खाने चलन छ । प्रत्येक वर्ष आश्विन कृष्ण अष्ठमीको थितीमा मनाईने जितिया पर्व भोली पारण गरेर समापन हुने छ । तराई भेगका थारु र मधेसी महिलाहरुले आफ्नो सन्तान , घर परिवारको सुखशान्तिको लागि निराहर ब्रतबसी दिन भरी जितमहानको कथा सुन्ने प्रचलन रहेको छ । दाजुभाईले जितिया गर्न दिदी बहिनीहरुलाई जितिया गर्न आफ्नो माईत ल्याउँने चलन छ ।
जितिया पर्वको उपलक्ष्यमा विभिन्न ठाउँमा मेला , महोत्सवको आयोजना गरी सांस्कृतिक कार्यक्रमको समेत विभिन्न थारु संघ संस्थाले आयोजना गरेको छ ।
जितिया वर्पकोउपलक्ष्यमा आज राष्ट्रिपति, उपराष्ट्रपति , प्रधानमन्त्री लगायत विभिन्न पदस्थका ब्यक्तिहरुले शुभकामना ब्यक्त गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top