डा रामनाथ यादवप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली उहाँको आवश्यक्ता सदा खटकि रहनेछ साइकल चढेर पिएचडीसम्म यात्रा

जीवछ यादव उदासी
लहान,मंसिर २४ गते

लहान स्थित जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका अंग्रेजी विषयका सह प्रध्यापक प्लस टु को संयोजक डा रामनाथ यादव हामीमाझबाट सदाको लागि अलविदा हुनुभयो । २०६३ सालमा लहान क्याम्पसको शिक्षण कार्यमा जोडिनु भएको डा यादव जुन क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुभयो,त्यहि क्याम्पसमा उच्च शिक्षा दिइने सह प्रध्यापक हुनुभयो । २०४७ सालमा श्री मनेलाल जनता माध्यमिक विद्यालयबाट एसएलसी गरेर उच्च शिक्षाको लागि लहान आउनु भएको डा यादवको संघर्षको व्यथा एक प्रेरक कथा बनेको छ । ट्युशन पढाएर बोर्डिङ स्कूलमा पढाएर आफूपनि उच्च शिक्षा हासिल गर्नुभयो आफ्ना दुई भाइ शिवनाथ यादव र सुर्य नाथ यादवलाई पनि उच्च शिक्षा हासिल गराउनुभयो । नवराजपुर गाउँविकास समिति मझौरा स्थायी घर भएको डा यादवको सरल जीवनशैली लहान (१ बाट क्याम्पससम्म सदा साइकलमा चढेर नियमित क्याम्पस भ्याउने गर्नुहुन्थ्यो। मृदभाषी अति मिलनसार डा यादव प्रध्यापक क्याम्पसका स्टाफ र विधार्थीमाझ पनि उतिकै मिल्ने समयको पालक अनुशासनमा समेत सवल रहनु भएको थियो । शुन्यबाट गरिवीबाट उठेर सफलतातर्फ उन्मुख रहनु भएको थियो । संघर्षको कथाको एक उदाहरण डा यादव २३ गते मंसिर विहान एकासी स्वर्गमा लिन हुनुभयो । म सँग अति नजिक रहनु भएको डा यादवको संघर्षको कथाबाट प्रेरित भएर नै म आफ्नो गरीवी जीवनबाट उकास पाउन संघर्षको पथमा अघि बढेको थिए । उहाँ मेरोपनि पथप्रदर्शक हुनुहुन्थ्यो। क्याम्पसमा भर्ना भएपछि स्ववियु उपसभापति दुई कार्यकाल निर्वाचित हुँदा उहाँको उह्रो साथ रहयो । म त्यस क्याम्पसको सञ्चालक समितिमा प्रवेश गरेपछि संयोगले प्लस टु तर्फको व्यवस्थापन समितिको संयोजक मलाई बनाइयो । सह प्रध्यापक डा यादवलाई प्लस टु को कोर्डिनेटरको जिम्मा सुम्पियो । उहाँ कोर्डिनेटर भएपछि उहाँको भूमिका अझै नजिकबाट नियाले । उहाँ कर्तव्यनिष्ट र इमानदारिताको सगरमाथा नै रहेको अनुभूति भयो । प्रशासनिक रवाफभन्दा इमानदारिताको जवाफ देहिता उहाँमा बखुबी भेटाए । दुइ वर्ष आगाडि क्यामपस प्रमुख तुलसीराम पोखरेलको निधनबाट हामी मर्माहत मात्रै होइन,ठूलो क्षति व्यहोरेको पीडा शान्त नहुँदै अर्को कहाली लाग्दो परिस्थिति आइपुग्यो । तिलसीराम पोखरेल र डा रामनाथ यादवलाई गुमाउनु भनेको लहान क्याम्पसको लागि हिरा र मोती गुमाएको आभास भइरहेको छ ।
लहानमा मेडिकल कलेज भएको भए डा यादव मृत्युवरण हुने थिएन
डा यादवको निधन र लहानको स्वास्थ्य अवस्थाको विषयमा पनि गम्भीर हुन जरुरी छ । लहान नगरपालिकाको जनसंख्या एक लाखभन्दा बढी छ । लहान सिरहा सप्तरी र उदयपुर जिल्लाको पनि संगम स्थल हो । लगभग वीस लाख भन्दा बढी जनसंख्यालाई स्वास्थ्य सेवा दिने स्थल लहानमा मुटु लगायत अन्य अकस्मात उपचार हुने रोगहरुको उपचार हुने अस्पताल लहानमा नहुँदा भगवान भरोसे हामी हनुमान चलिसा पढेर बाच्नु परिरहेको छ । लहानबाट बिराटनगर,धरान वा भारतको दरभङगा पुग्न एम्बुलेन्सको लागि तीन घण्टाको बाटो छ । उच्च जोखिमको विमारीबाट जोगाउन लहान मेडिकल कलेजको आवश्यक्ता छ । यस विषयलाई मैले मेरो जीवन संगिनीलाई बिराटनगर उपचारमा लगिएको बखतदेखि उठाइ रहेको छु । लहान स्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नतिको लागि जनमनको आवाज उठाइ रहेको छु । वातावरण अनुकूल बनेपनि यस अस्पतालको जग्गा रजिष्ट्रेशन प्रक्रिया अघि नबढ्दा काम अघि बढ्न सकिरहेको छैन् । अब इसुको राजनीति व्यक्तिगत स्वार्थलाई तिलाञ्ली दिएर सामाज र सामुहिक स्वार्थको लागि जाग्न जरुरी छ । जातीय भवन सदन भवन बनाउन करोडौ खर्च भइरहेको लहानमा एउटा मेडिकल कलेज बनाउन किन माहोल बनिरहेको छैन् । लहानमा मेडिकल कलेज भएको भए, अनाहकमा प्रतिभाहरु ज्यान वुमाउनु पर्ने अवस्था आउने थिएन । स्वास्थ्य क्षेत्रमा देखिएको हाइरिस्कबाट जोगिन अब गम्भीर बन्न जरुरी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top