खुट्टीखोला सिचाई सुचारु हुनु पर्छ ः उपमेयर महतो

असोज ४ गते
खुट्टीखोला सिचाई संघर्ष समिती सिरहाका संयोजक धर्मराज चौधरीको संयोजकत्वमा किसानहरुको एउटा टोलीले खुट्टीखोला सिचाईको ड्याम निरिक्षण गरि नगरपालिकाका उपमेयर रामचलितर महतोलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै उपमेयर राम चलितर महतोले भन्नु भयो ;“लहान नगरपालिको ग्रमिण चौकको पश्चिम हुँदै बग्ने खुट्टीखोलाको नहरको पानी वडा नं.१,२,३,११,१२,१९,२०,२१ र २३ का साथै सिरहाको लक्ष्मीपुर पत्तारी र सखुवानन्काकटी गाउँपालिकाका स्थानिय किसानहरुको सिचाईको समस्या समाधानको लागि;” ड्याम संचालन हुनु पर्छ ।
यस भेगका किसानका खेत खडेरी पर्ने समस्याको चपेटामा रहेको छ , किसानहरुको धान गमरा भएर फल्न सकेको छैन् र यस ठाउँमा २ वर्ष पहिले निर्माण भएका हेडवर्क संचालनमा आयो भने यस भेगका सम्पुर्ण किसानहरुको खेतमा पानी सिचिंत हुने छ । लगभग ९ करोडको लागतमा बनेको हेडवर्क अहिले प्रयोग विहिन अवस्थामा छ । यो बाधको हेड देखि टेल सम्मको निर्माणको लागि १८ करोडको लागत नेपाल सरकार मधेश प्रदेशको मार्फत छुट्याएको थियो, त्यसमा लगभग ९ करोड खर्च भएर अहिले पनि ९ करोड रुपैँया रकम बाँकी रहेको छ , जुन रकमले बडी र टेल बनाउँन सकिन्छ । यस भेगका नहर ठाउँ ठाउँमा बन्द छ , यसलाई संचालनमा ल्याउँनको लागि जुन भुमिका किसानहरुले खेल्दैछ त्यही भुमिका लहान नगरपालिकाका मेयर,उपमेयर र वडा अध्यक्षहरुले खेल्नु पर्यो भनेर ध्यानआकर्षण गराउँन चाहेको खुट्टीखोला सिचाई संघर्ष समिती सिरहाका सदस्य अजय चौधरी बताउँनु भयो ।
नहरको जमिन सिचाई र किसानहरुको जमिन हो , जसमा कसैको हक लाग्दैन् । जुन जमिन यहाँका सिचाई योजना र जल उपभोत्ता समितीको हक मात्र लाग्छ । जसमा आज ६ देखि ८ करोडको ठेक्का लगाई लहान नगरपालिकाले ढलमा परिणत खोजेको छ । त्यसकारण किसानको नहर किसानलाई हस्तान्तरण गरि ठेक्का खारेज गर्न खुट्टीखोला सिचाई संघर्ष समिती सिरहाले जोडदार माग गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top