कास्कीको अन्नपूर्ण पदमार्ग अन्तर्गतको लोकप्रिय पर्यटकीय स्थल घोरेपानीमा पदयात्रा गर्दै गरेका दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्।
अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतवार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन्।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार, पर्यटकका दुई झोला आइतवार बेलुका भुरुङदी खोलाको पुल नजिक बेवारिसे अवस्थामा फेला परेका थिए। यस घटनापछि, सोमबार दिनभर खोजी गरिए पनि पर्यटकहरूको अवस्थाबारे केही जानकारी प्राप्त गर्न सकेको छैन।
पर्यटकहरू भुरुङदी खोला द्वारा बगाएको हुनसक्ने आशंका गरिएको छ।