ओलीद्वारा बालेनप्रति लक्षित कटाक्ष, कार्यकर्तालाई निर्देशन – सबै अस्त्र प्रयोग गर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लक्षित गर्दै टिप्पणी गरेका छन्। एक राष्ट्रिय कार्यशालामा सम्बोधन गर्दै ओलीले बालेनलाई ‘एउटा केटो’ भनी कटाक्ष गर्दै एमाले कार्यकर्ताहरुलाई बालेनविरुद्ध मैदानमा उत्रिन निर्देशन दिए। ओलीले बालेनलाई रोक्नुपर्ने भन्दै, यदि बालेनका विचारहरू स्थापित भए भने नचाहिने प्रचारले बल पाउने चेतावनी दिए। साथै, आफ्ना कार्यकर्ताहरुलाई सबै अस्त्र प्रयोग गरेर मैदानमा सक्रिय हुन आह्वान गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लक्षित गर्दै टिप्पणी गरेका छन्।

शनिबार एक राष्ट्रिय कार्यशाला गोष्ठीमा जनसंगठन सुदृढीकरणको विषयमा सम्बोधन गर्दै, नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मेयर बालेनको नाम नलिइकन ‘एउटा केटो’ भनी कटाक्ष गरे।

प्रधानमन्त्री ओलीले बालेनप्रति कटाक्ष गर्दै, एमालेका कार्यकर्ताहरुलाई बालेनविरुद्ध मैदानमा उत्रिन निर्देशन दिएका छन्। ‘अहिले एउटा केटो निस्किएको छ, जसले मनपरी बोल्छ। उसलाई चलाउन हुँदैन, त्यससँग जनमत छ। उसलाई चलाउन नदिनुहोस, यदि नचालेर उसको विचार स्थापित गर्न दिनुभयो भने, नचाहिने प्रचारहरू स्थापित हुँदै जान्छन् र साँच्चिकै स्थापित हुन सक्छ,’ ओलीले भने।

उनले कार्यकर्ताहरुलाई मैदानमा निस्किएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्न निर्देशन दिए। ‘के आशा गरेका थियौं? आफ्नै कमजोरी छ। उसलाई चलायो भने आफ्नै कमजोरी खुल्छ, बरु उसलाई चलाउँदै नचलाउनु नै ठीक हुन्छ। कमजोरीहरू छरपस्ट भए भने नोक्सान हुन्छ। त्यसैले मैदानमा निस्कनु पर्‍यो, बोल्नुपर्छ, सबै अस्त्र प्रयोग गर्नुपर्छ।’

ओलीले थपे, ‘हामीले देखिसक्यौं, बोक्नेले त बोकेकै छ। तर, बोकेको बिरालोले मार्ने हो कि होइन? जब बिरालो काँधमा राखेर कुनै मृगलाई मारिन्छ भने, बिरालोले मृग मारेजस्तो गरिन्छ। त्यसैले हामी भ्रमबाट मुक्त हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्ताले ४६ लाख भोट ल्याउन सक्ने बताएका छन्, तर कसरी केवल २६/२८ लाख भोट आएको भन्ने प्रश्न उठाए।

विसं १० सालतिरको ‘साँढे’ कविताको सन्दर्भ झिक्दै, उनले कर्म नगरी कोही विजेता हुन नसक्ने बताए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top